लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक
२०८३ असार १२ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।
आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको जनाएको छ ।
प्रतिनिधिसभाको बैठक शनिबार बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो । तर उक्त बैठक पनि विशेष कारण देखाएर स्थगित गरिएको छ ।
यसअघि पनि लगातार दुईपटक बैठक स्थगित भइसकेको थियो । भोलीको स्थगनसँगै प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक प्रभावित भएको हो ।
२०८३ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित










