नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको पनि जिकिर पनि गरे । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरूलाई आग्रह गरे ।

मन्त्री वाग्लेले भने ‘ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरूबाट नै आइसक्यो । ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो । त्यसमा माननीयजीहरूले ठुलो निगरानी गर्नुपर्ने हुन्छ । र, आजको दिनमा पनि रातो किताब हेर्नुभयो भने माननीयजीहरूले देख्नु हुन्छ–बढी सडक पूर्वाधार, ट्रान्टमिभशन लाइन, यस्तै यस्तैमा हो हाम्रो ऋणको लगानी । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यौ आफै तिरिँदै जाने लगानी हो । त्यसले आर्थिक वृद्धि सृजना गर्छ । त्यसले आम्दानी सृजना गर्दछ । ऋण लिएर घिउ खानाको पो भएन त । उत्पादनमूलक गतिविधिमा लगानी गर्नु हुन्छ । र, त्यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामर्थ्य बढ्दै गयो भने वैदेशिक ऋण पनि नट ब्याड ।’

अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्न सक्ने दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =