झलनाथ खनाललक्षित प्रचण्डको टिप्पणी- प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाट्ने काम गरिररहेको आरोप लगाएका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्द रहेको दाहालको आरोप छ । उनले कम्युनिष्ट पार्टीहरूले इतिहासमा भोगेका अनुभवहरू नबिर्सन समेत आग्रह गरे ।  केही दिनअघि नेता खनालले संयोजक दाहाललाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका थिए ।

पार्टीको अन्तरिम विधानलाई सार–सङ्ग्रहवादी खिचडी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी थियो ।

उनले भने ‘जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले समेत जनतामा निराशा बाट्ने काम गर्दैछन् । फेरी एकचोटी जनतालाई लिएर हामी अघि बढ्छौँ भन्ने कन्फिडेन्स, आत्मविश्वास होइन, हामी कम्युनिस्टहरू विगतमा यस्ता उतारचढाव धेरै भोग्दै आएका, तीसँग लड्दै र जित्दै आएका जात हौँ हामी भन्ने कुरा बिर्सेर साम्राज्यवादली र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार के के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन् । ती साथीहरूलाई पनि म अपिल गर्न चाहन्छ, प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरौँ ।’

संयोजक दाहालले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न अपिल समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =