धनुर्धारी एकलव्यको अधुरो विजय: नाटक महाभारत (तस्बिरहरू)

काठमाडौं। हिन्दु धार्मिक ग्रन्थ महाभारत का पात्र एकलव्यको कथालाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘महाभारत’ यतिबेला कान्तिपुर थिएटर, गैह्रीधारामा अन्तिम हप्ताको मञ्चनमा रहेको छ।

लेखक कुलदीप कुणालको कृतिलाई प्रकाश दाहालले नेपालीमा अनुवाद गरेको यो नाटक जेठ १४ गतेदेखि मञ्चन हुँदै आएको हो।

नवीन भट्टको निर्देशन रहेको नाटकमा रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी र सुप्रज्ञा शर्मा मुख्य भूमिकामा छन् ।

साथै किरण चापागाई, करण विश्वकर्मा, कृषा घिमिरे, प्रशान्त महरा, प्रेरणा गिरी, विना भण्डारी, सबिता दथेपुथे, राजेश राज शाही, रुपेश बिष्ट र सुमेल कार्कीको पनि अभिनय रहेको छ।

नाटकमा वनमा जन्मिएका आदिवासी बालक एकलव्यको धनुर्विद्या सिक्ने सपना र त्यसका लागि उनले भोग्नुपरेको संघर्ष प्रस्तुत गरिएको छ।

गुरु द्रोणाचार्यकहाँ शिक्षा लिन पुगेका एकलव्यलाई क्षत्रिय कुलका नभएको भन्दै शिष्य बनाउन अस्वीकार गरिन्छ। तर, उनले हार मान्दैनन्। जंगलमा द्रोणाचार्यको मूर्ति बनाएर त्यसैलाई गुरु मान्दै धनुर्विद्या अभ्यास गर्न थाल्छन्।

अर्जुनलाई दिइएको शिक्षालाई टाढैबाट नियाल्दै उनले आफूलाई कुशल धनुर्धारीका रूपमा स्थापित गर्छन्। जब उनको प्रतिभाले अर्जुनलाई समेत उछिन्न थाल्छ, द्रोणाचार्य आफ्नो प्रिय शिष्य अर्जुनलाई सर्वश्रेष्ठ बनाउने अठोटमा अडिग रहन्छन्।

अन्ततः गुरु दक्षिणाको नाममा एकलव्यसँग दाहिने हातको बुढी औंला मागिन्छ, जसले कथालाई मार्मिक मोडमा पुर्याउँछ।

तुफान थापाको सेट डिजाइन, दिपेश गजुरेलको लाइट डिजाइन, अनुप तिमिल्सिनाको संगीत र अनिश क्षेत्रीको कोरियोग्राफी रहेको नाटकलाई किरण चापागाईँले सह-निर्देशन गरेका छन्।

नाटक असार ७ गतेसम्म बुधबार बाहेक हरेक साँझ ५:१५ बजे तथा शनिबार अतिरिक्त शो दिउँसो १ बजे कान्तिपुर थिएटरमा मञ्चन हुनेछ।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =