कान्तिपुर थिएटरमा ‘महाभारत’ मञ्चन हुँदै (तस्बिरहरू)

‘महाभारत’ यही जेठ १४ गते देखि नियमित मञ्चन हुने भएको छ।

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमी को पाँचौँ थिएटर प्रोडक्सन ‘महाभारत’ यही जेठ १४ गते बिहीबारदेखि गैह्रीधारास्थित कान्तिपुर थिएटर मा नियमित मञ्चन हुने भएको छ।

एकेडेमीका अनुसार नेपाली रङ्गमञ्चको दायरा अझ फराकिलो बनाउने तथा सबै पुस्ता र क्षेत्रका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित नाटक प्रस्तुत गर्न लागिएको हो। ‘महाभारत’ मार्फत नेपाली चलचित्र, टेलिभिजन, रङ्गमञ्च, फिल्म स्कुल र थिएटर क्षेत्रका अनुभवी तथा नवकलाकारहरू पहिलो पटक एउटै रङ्गमञ्चमा देखिन लागेका छन्।

नाटकमा रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतीक चौधरी र सुप्रज्ञा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ। नाटकलाई निर्देशक नवीन भट्ट ले निर्देशन गरेका हुन्। उनका अनुसार नाटक निर्माणमा मञ्चपछाडि ५० भन्दा बढी कलाकार तथा रङ्गकर्मीहरूको सक्रिय सहभागिता रहेको छ।

यसअघि एकेडेमीले ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ जस्ता नाटक मञ्चन गरिसकेको छ। ‘महाभारत’ एकेडेमीको पाँचौँ प्रस्तुति हो। थिएटरका अनुसार नाटकको टिकट बुकिङ जेठ ११ गतेदेखि खुला भइसकेको छ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =