छुपुमा छुपु : तस्बिरमा काठ क्षेत्रको रोपाइँ
२०८३ जेठ २७ गते

काठमाडौं । मानो रोपेर मुरी फलाउने महिना भनेर असार महिनालाई चिनिन्छ । यो महिना किसानहरू आफ्ना खेतमा मानो रोप्न वयस्त हुन्छन् ।
देशको कतिपय स्थानमा, असार नलाग्दै रोपाइँ सुरु हुन्छ । काठमाडौंको काठ क्षेत्रका किसानहरूलाई पनि असार नजिकिँदै गर्दा रोपाइँको चटारोले छोपेको छ ।
काठमाडौं उपत्यकाका काठ क्षेत्रका फाँटहरूमा यति बेला किसानहरू रोपाइँ गरिरहेका देखिन्छन् ।
काठ क्षेत्रको टारी खेतमा रोपाइँ सुरु नभएता पनि बागमती किनार आसपासका खेतमा भने नदीबाट पानी तानेर रोपाइँ सक्किन लागिसकेको छ ।
‘तस्बिरमा गोकर्णेश्वर ४ को उत्तरवाहिनी फाँटमा रोपाइँ गरिँदै’

२०८३ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








