फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम (तस्बिरहरु)

काठमाडौं । समाचार संकलन तथा संप्रेषणका क्रममा कार्यस्थलमा खटिने फोटो पत्रकारहरूलाई लक्षित गरी दुई दिने ‘प्राथमिक उपचार तालिम’ भएको छ । सम्पादक समाज नेपालको आयोजनामा जेठ २३ र २४ गते तालिम दिइएको हो ।

शिवपुरी–७, तुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा सञ्चालन भइरहेको तालिम नेपालमा भने पहिलो पटक प्रदान गरिएको हो ।

जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिनुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र आकस्मिक स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यो तालिमको तर्जुमा गरिएको आयोजकले जनाएको छ ।

तालिममा सहभागीहरूलाई कार्यस्थलमा आइपर्ने सक्ने सम्भावित चोटपटक वा स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन र प्राथमिक उपचारका विधिहरूका बारेमा प्रयोगात्मक जानकारी दिइनेछ ।

तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध १० जना फोटो पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =