वीरताको गाथा बोकेको गढी डाँडा (तस्बिरहरु)

सिन्धुली । सिन्दुलीगढी नेपालको इतिहासमा राष्ट्रिय स्वाभिमान र वीरताको प्रतीकका रूपमा परिचित छ । वि.सं. १८२४ (सन् १७६७) मा यहाँ भएको युद्धमा नेपाली सेनाले क्याप्टेन किनलचको नेतृत्वमा आएको ब्रिटिस ईस्ट इन्डिया कम्पनीको सेनालाई पराजित गरेको थियो ।
यही विजयले नेपालको एकीकरण अभियानलाई थप बल प्रदान गरेको इतिहासमा उल्लेख छ । अहिले आएर सिन्दुलीगढी र गढी डाँडा केवल ऐतिहासिक युद्धस्थल मात्र नभई देशभक्तिको स्मारकका रूपमा विकसित भएको छ ।
यहाँ रहेका गढी दरबार, भद्रकाली मन्दिर, कमलामाई, गढी डाँडा नेपाली वीर योद्धाहरूको सम्झनामा निर्माण गरिएका मूर्ति र चित्रहरूले आन्तरिक एवम् बाह्य आगन्तुकलाई इतिहाससँग साक्षात्कार गराउने स्मारकका रूपमा परिचीत छन् ।
डाँडाकाँडा र हरियालीबीच अवस्थित यो स्थलले नेपालको गौरवशाली अतीतलाई जीवन्त रूपमा प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू:









