जेनजी आन्दोलनमा प्रदर्शनकारी उक्साउनेमा टीओबी समूह जिम्मेवार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीलाई उक्साएको आरोपमा ‘तिब्बतीयन ओरिजन ब्लड’ (टीओबी) समूहमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा मानव अधिकार हननसम्बन्धी घटनाबारे तयार पारेको प्रतिवेदनमा सो सिफारिस गरिएको हो । उक्त प्रतिवेदन बुधबार कार्यान्वयनका लागि सरकारलाई बुझाइएको छ ।

आयोगका अनुसार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका प्रदर्शनकारीलाई नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लैजाने तथा सुरक्षामा खटिएका सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साउने कार्य भएको देखिएको छ ।

प्रतिवेदनमा टीओबी समूह तथा अन्य व्यक्तिहरूको भूमिकाबारे सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ ।

आयोगले भनिएको छ, ‘माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी कार्यक्रम राखिएकोमा सो ठाउँमा जम्मा भएका प्रदर्शनकारीहरूलाई नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लैजाने, भिडलाई उक्साउने र संसद भवनको सुरक्षामा रहेका सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साउने टीओबी समूह तथा अन्य व्यक्तिहरूको बारेमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =