जेनजी भड्काउने निश्चल बस्नेतसहितलाई अनुसन्धान गरेर कारबाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चलचित्र निर्देशक निश्चल बस्नेतमाथि समेत अनुसन्धान गर्न सिफारिस गरिएको आयोगले जनाएको छ ।

यस्तै ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल, युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय र रवि किरण हमालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदनका आधारमा उक्त सिफारिस गरिएको हो । उनिमाथि जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत प्रदर्शन भड्काउन भूमिका खेलेको देखिएकाले थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =