सुशीला कार्की, सुधन गुरुङ र ओमप्रकाशमाथि सूक्ष्म छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहन सम्बन्धी सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शन, त्यसअघिका घटनाक्रम तथा सम्बन्धित व्यक्तिहरूले दिएका अभिव्यक्तिबाट आन्दोलनमा दुरुत्साहन भएको हुनसक्ने आशंकामा थप अनुसन्धान आवश्यक रहेको आयोगले सिफारिस गरेकाे हाे ।

आयोगले भदौ २३ र २४ गतेका घटनामा भएको मानवीय तथा भौतिक क्षति, सम्बन्धित व्यक्तिहरूको संलग्नता, उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित र उत्तेजित भएको हुनसक्ने प्रभाव तथा सार्वजनिक शान्ति–सुव्यवस्थामा परेको असरबारे सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे/नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे/नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए/नभएको वा सोको दुरुत्साहन भए/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आमनागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हकअधिकार सुनिश्चित गर्दै अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =