तोलामा १ हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ ।

आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =