सरकारलाई सुकुम्वासीको प्रश्न- ‘अरूले आदेश दिए ज्यानमारा, आफूले म्यानुपुलेट गरे के नाम दिने ?’ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सुकुम्बासी बस्तीमा स्थानीय सरकारले चलाएको डोजर र बल प्रयोगको विरुद्धमा जेन–जी मुभमेन्ट एलायन्सले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले सुकुम्वासीका हक–अधिकार र मानव अधिकारको हनन् भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनीहरूको हातमा रहेका प्लेकार्डहरूमा लेखिएको थियो, ‘अरूले आदेश दिए ज्यानमारा, आफूले म्यानुपुलेट गरे के नाम दिने रु’ यो प्रश्नले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउने प्रक्रियामा भएको सरकारी अपारदर्शिता माथि गम्भीर प्रश्न उठाएको छ ।

उनीहरूले सुकुम्वासी बस्तीमा हुने बल प्रयोग र डोजर आतंक बन्द गरिनुपर्ने, सुकुम्वासीको सुरक्षित बसोबासको संवैधानिक हकको ग्यारेन्टी गर्नुपर्ने, सरकारका १०० कार्य सूचीमा समावेश गरिएका सुकुम्वासी सम्बन्धी प्रतिबद्धताको पालना, भूमिहीन सुकुम्बासीहरुलाई विकल्प विना विस्थापित गर्न नहुने माग गरेको छन् ।

प्रधानमन्त्री बालेन्द्र साहको सुकुम्वासी बस्ती प्रतिको नीति र व्यवहारलाई लक्षित गर्दै प्रदर्शनकारीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले विकासका नाममा जनताको वासस्थान खोसिनु लोकतन्त्रको उपहास भएको तर्क गरेका छन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =