काठमाडौँमा त्रिदेशीय नाटक महोत्सव हुँदै
नेपालबाट कला घरको प्रस्तुति ‘अछेता’, श्रीलङ्काबाट द क्रियटिभ आर्ट एकेडेमीको ‘होम इन सुटकेस’ र भारतबाट रङ्ग संस्कारको ‘शकुनि’ प्रस्तुत हुने कार्यक्रम छ।

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को आयोजनामा काठमाडौँमा ‘त्रिदेशीय नाटक महोत्सव’ आयोजना हुने भएको छ। नेपाल सरकार, काठमाडौँ महानगरपालिका, बीपी कोइराला फाउन्डेसन र भारतीय राजदूतावासको सहकार्यमा हुने महोत्सव वैशाख २५ देखि २७ गतेसम्म कान्तिपुर थिएटर मा सञ्चालन हुनेछ।
महोत्सवमा नेपाल, भारत र श्रीलङ्काका नाट्यकर्मी तथा कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। हरेक दिन साँझ ५:३० बजे तीन देशका नाटक मञ्चन गरिनेछन्। नेपालबाट कला घरको प्रस्तुति ‘अछेता’, श्रीलङ्काबाट द क्रियटिभ आर्ट एकेडेमीको ‘होम इन सुटकेस’ र भारतबाट रङ्ग संस्कारको ‘शकुनि’ प्रस्तुत हुने कार्यक्रम छ।
आयोजकका अनुसार महोत्सवले त्रिदेशीय सांस्कृतिक आदान–प्रदानलाई मजबुत बनाउने तथा रङ्गकर्म मार्फत समकालीन विषयहरू प्रस्तुत गर्ने लक्ष्य राखेको छ। महोत्सवमा सहभागी हुन सम्पूर्ण नेपाली रङ्गकर्मी तथा दर्शकलाई आमन्त्रण गरिएको छ।








