डोजर आउनु अघि वंशीघाटमा सामान सार्ने चटारो (तस्बीरहरू)

काठमाडौं । सरकारले आज काठमाडौंका नदी किनार आसपास बस्ने धेरै सुकुमवासी बस्तीमा डोजर चलाउँदै छ । डोजर चल्ने भएसँगै काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाटस्थित सुकुमवासी बस्तीमा सामान सार्न र घर भत्काउन भ्याई नभ्याई छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।

डोजर चलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् ।

आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुसी, खाडिपाखा, रानी बारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।

तस्बीरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =