रुग्ण ठेक्काहरूलाई वर्गीकरण गरेर अघि बढाउनुपर्छ: नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष

काठमाडौँ । नवनिर्वाचित नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले रुग्ण ठेक्काहरूलाई वर्गीकरण गरेर अघि बढाउनुपर्ने बताएका छन् ।

सोमवार महासंघमा आयोजित शपथ तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै उनले स्रोत सुनिश्चितता हुँदा काम हुने आयोजनाहरूको म्याद थपेर जानुपर्ने बताए ।

अध्यक्ष पाण्डेले यो कुरा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई पनि बताएको जानकारी दिए । उनकाअनुसार यदि रुग्ण आयोजनाहरू अघि बढाउने सम्भावना भए अघि बढाउने भौतिक पूर्वाधार मन्त्रीले बताएका थिए, ठेक्का तोडेर कालोसूचीमा राख्ने पक्षमा मन्त्री नरहेको समेत पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेले समयमै टुङ्गिनुपर्ने आयोजना नटुंग्याएर गल्ती गर्ने कर्मचारी वा निर्माण व्यवसायीलाई कारबाही गरिनुपर्छ । निर्माण व्यवसायी वा सरकारको कारणले काम भएन भने सोही अनुरूप कारबाही हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले भने ‘रुग्ण ठेक्काहरूलाई तीनओटा वर्गीकरण गर्नुपछ । स्रोत सुनिश्चितता हुँदा जुनजुनमा म्याद थप्दा काम हुन्छ, ती अघि बढाउनुपर्छ । यही कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई पनि भनेको छु । यदि रुग्ण आयोजनाहरू अघि बढाउने सम्भावना भए हामी अघि बढाउँछौँ, ठेक्का तोडेर कालोसूचीमा लगाउनु हुँदैन भनेर मन्त्रीले पनि भन्नुभएको छ । टुङ्गिनुपर्ने आयोजना नटुंग्याएर पुरा हुँदैन । निर्माण व्यवसायी वा सरकारको कारणले काम भएन भने सोही अनुरूप कारबाही हुनुपर्छ । यदि निर्माण व्यवसायीको गल्ती छ भने व्यवसायीको १० प्रतिशत धरौटी काटेर अघि बढाउनुपर्छ । यो कुरा मन्त्रीलाई राखेका छौँ र मन्त्री सकारात्मक हुनुहुन्छ ।’

अध्यक्ष पाण्डेले अहिले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यसमा काम गर्न नसकिने बताए । यसबारे भौतिक पूर्वाधार मन्त्रीलाई समेत आफूले जानकारी गराएको उनले बताए । रुग्ण आयोजनाहरूको समस्या समाधान गर्न सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउँदै अब सरकारसँग आफूहरूले लबिङ गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =