ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ ।

आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरु भएको थियो ।

आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका थिए । तर बहस सकिन नसक्दा रिट हेर्दाहेर्दैमा राखिएको हो ।

भदौ २३ र २४ को घटनासँग सम्बन्धित बनेको जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले दुवैलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =