पूर्वमन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्व ऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्कालाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राख्ने अनुमति दिएको हाे ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जानकारी दिए । यसअघि पनि जिल्ला अदालतले ७ दिनको म्याद दिइसकेको थियो ।

खड्काविरुद्ध भदौ २४ गते उनका घरमा जलेका नोटसम्बन्धी घटनामा अनुसन्धान अघि बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =