प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८२ चैत २२ गते

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो । सरकारले ती कार्यसूचीलाई प्राथमिकतामा राख्दै हाल आफ्ना कामकारबाही अघि बढाइरहेको जनाएको छ ।
आजको बैठकमा ती कार्यसूची कार्यान्वयनको प्रगति समीक्षा, समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ ।
२०८२ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








