यूएई ड्रोन दुर्घटनामा घाइते ७ मध्ये ६ नेपाली डिस्चार्ज

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आबुधाबीस्थित नेपाली दूतावासले शनिवार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको अवस्थाबारे जानकारी दिएको हो ।

घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको र उनको पनि अवस्था खतरामुक्त रहेको दूतावासले जनाएको छ ।

गतशुक्रबार इरानबाट प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरेपछि त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए ।

यस घटनामा ७ नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा बाँकी ५ जना भारतीय नागरिक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =