नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

नेपाली काँग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो ।

यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ । अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =