नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरहरू)
२०८२ चैत १२ गते

काठमाडौँ । गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् ।
बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।
४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।


२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








