एमाले सचिवालय बैठक गुण्डुमा जारी (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा जारी  छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ ।

अध्यक्ष ओलीलाई पितृशोक परिरहेको छ । उनका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रवार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुनेछ । साथै समानुपातिक सांसदहरूको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाउने पनि बताइएको छ ।

पिताको निधन भएपनि अध्यक्ष ओलीले बैठकमा सहभागी छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =