हिमाली क्षेत्रमा फागुन २१ को निर्वाचन ‘नाटक’ मात्र: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन् ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले एउटा पनि राम्रो काम नगरेको, नराम्रो कामको डंगुर बनेको र फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको आरोप लगाए । उनले निर्वाचनको मिति तोकिए पनि यसको व्यावहारिकता शङ्कास्पद रहेको बताए । अध्यक्ष ओलीले सहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्यून रहेको जिकिर गरे ।

उनले भने ‘उनीहरूले एउटा पनि राम्रो काम देशका लागि गरेका छैनन् । नराम्रोको डंगुर भइसक्यो । जन्मिदा जन्मिँदै यिनीहरूको जन्मसँगै देशमा कस्तो कस्तो उपद्रव भइसक्यो । यिनीहरूको जन्मसँगै कत्रो उपद्रव भयो देशमा । यिनीहरूले खोजेको के हो ? राजनीतिको विरोध गर्दछन् । खराब राजनीति गर्दछन् । राजनीतिक दलहरूको विरोध गर्छन् अनि खराब दल निर्माण गर्दछन् । राजनीतिक गतिविधिको विरोध गर्दछन् । खराब गतिविधि सञ्चालन गर्दछन् । राजनीतिक नेताहरूको विरोध गर्दछन् । आरोप, अपराध नै अपराधका चाङमा उभिने खालका काम गर्दछन् । अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दै छ, २१ गते चुनाव हुन्छ की हुँदैन टुङ्गो छैन । हिमाली भेगमा मान्छे छैनन् । चुनावका लागि हिमाल चढ्न जस्तै अहिलेको समयमा कोही भोट खसाउन जानेवाला छैन । मान्छे नभएको ठाउँमा बक्सा थापेर के हुन्छ । चार हजार जनाले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले भोट हालेर बक्सा फिर्ता पठाएर के हुन्छ । चुनावको नाटक हुन्छ । उच्च हिमाली भेगमा भोट खस्नेवालै छैन । त्यही पनि चुनाव गर्ने भनेर लागिरहेकै छ । यसकारण पनि गर्न खोजिरहेको छ, की सहरी क्षेत्रमा जस्तो उच्च पहाडी, पहाडी, हिमाली भूभागमा यस्ता प्रकारका दुष्प्रभावहरूको अर्थ र महत्त्व छैन । त्यहाँ राजनीतिक दलहरू बलिया छन्, त्यहाँका मान्छे भोट हाल्न नगएर के हुन्छ, त्यहाँ रित्तै बक्सा फर्काएर के हुन्छ ? भन्ने उनीहरूलाई लागेको छ । मान्छे नभएका र भोट नखसाउने बेला चुनाव गर्दैछन् ।’

अध्यक्ष ओलीले राजनीतिक दलहरू बलियो भएको ठाउँमा बेवास्ता गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =