पूर्वमन्त्री यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

पूर्वमन्त्री समेत रहेका प्रदीप यादवसहित ८ जनालाई आज पार्टीले निष्कासन गरेको हो ।

प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले यादवसहित चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो ।

यादवले जसपा नेपाल परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । हाल उनले पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =