काँग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उक्त सम्मेलनको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने उनको भनाई छ । उनले अहिले राष्ट्रिय एकताको खाँचो औँल्याए । काँग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

उनले भने ‘सर्वसम्मत, सर्वदलीय जेनजीदेखी लिएर धेरै शक्तिहरू अहिले आएको छ, उनीहरूको गोलमेच सम्मेलन नेपाली काँग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली काँग्रेसले नेतृत्व लिएर अगाडी बढ्नुपर्छ । यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई काँग्रेसको विधान अनुसार त्यसलाई मान्नुपर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’

उनले विशेष महाधिवेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =