रञ्जु दर्शनाले रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन दिइन् निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले प्रतिनिधिसभा समानुपातिक निर्वाचनको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन निवेदन दिएकी छन् ।

उनको तर्फबाट एक प्रतिनिधि निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । रास्वपाले रञ्जुलाई खस आर्य महिलातर्फ १०औं स्थानमा राखेको थियो ।

पार्टीको आन्तरिक प्राइमरी निर्वाचनमा महिलातर्फ सर्वाधिक मत प्राप्त गरेकी उनलाई प्राथमिकता क्रममा तल झारिएपछि पार्टीभित्र र बाहिर निकै विरोध भएको थियो ।

रास्वपाले पुस २७ गते बन्दसूचीमा व्यापक संशोधन गरे पनि रञ्जुलाई अगाडि नराखेपछि असन्तुष्ट बनेकी उनले बन्दसूचीबाट हट्ने निर्णय गरेकी हुन् । हालसम्म उनको निवेदन दर्ता भएको आधिकारिक पुष्टि भने भएको छैन ।

रास्वपाको समानुपातिक सूचीमा प्राइमरीमा राम्रो मत ल्याएका कार्यकर्तालाई पन्छाएर अन्य क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै पार्टीभित्रै असन्तुष्टि चुलिएको छ । यसअघि पनि दर्जनौं उम्मेदवारहरूले नाम फिर्ता लिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =