पार्टी विभाजन हुन दिन्न: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने बताएका छन् ।

सोमवार आफू पक्षका नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले पार्टी जोगाउन कोसिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए । उनले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गरे । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिबद्धता छ ।

उनले भने ‘पार्टी जोगाउन कोसिस गर्दै छु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्न । समन्वय गरिकन मिलाएर लगिन्छ, एक ढिक्का बनाएर लैजान्छु ।’

यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन सुरु गरिसकेका छन् । सोमवारबाट बन्द सत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =