तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
२०८२ मंसिर २२ गते

काठमाडौं । १५ चैतको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा रजकको मृत्यु भएको थियो । सो घटनापछि माग गरिँदै आएको उनको सम्मानका विषयमा सरकारले औपचारिक निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनले भने, ‘चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ।’
२०८२ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








