तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा

काठमाडौं । १५ चैतको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा रजकको मृत्यु भएको थियो । सो घटनापछि माग गरिँदै आएको उनको सम्मानका विषयमा सरकारले औपचारिक निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले भने, ‘चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्‍यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =