बाढी, पहिरो र डुबानले अवरुद्ध विद्युत आजै सुचारु हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आजैबाट सुचारु हुने बताएका छन् ।

केही ठाउँमा विद्युत पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत आजै बेलुकासम्म सुचारु गराउने गरी काम भईरहेको उनको भनाई थियो ।

आईतवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनैपनि अवस्था नरहेको पनि स्पष्ट पारे ।

उनले पर्याप्त विद्युत जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको बताए । ‘विद्युतको केही ठाउँमा पोल बगाएको छ । केही ठाउँमा डुबानका कारण अवरुद्ध छन् । काठमाडौंकै ललितपुरको दक्षिणतिरका विकट ठाउँहरुमा जहाँ पोलहरु ढलेको छ । त्यो कारणले केही अवरुद्ध छन् । हामीले बिहानैदेखि सबैलाई मोविलाईज गरेका छौं । र केही टावरहरुमा पनि क्षति पुगेको छ । तर त्यो ढलेको होइन । त्यसलाई रिस्टोर गर्न केही समस्या छैन । अहिले हामीले डिष्ट्रीबुशन लाईनका कारण केही ठाउँमा पोल ढलेको कारण केही समस्या छ । त्यसलाई आज दिनभरीमा सबै ठाउँमा रिस्टोर गर्ने भनेर मेन्टिनेन्स टिमहरु मोविलाईज भइसकेको छ । लोडसेडिङ हुनुपर्ने अवस्था पछि छैन’ उनले भने ।

मन्त्री घिसिङले विद्युतको वितरण प्रणालीमा देखिएको समस्या पनि आजै समाधान हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =