दयाहाङ राई र प्रकाश सपूतको चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु (तस्बिरहरू)

काठमाडौँ । चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो ।

आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए ।

‘सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,’ निर्देशक शेर्पाले भने, ‘यसले हामीलाई हाम्रो सिनेमा छिटो छायांकन सक्न थप सहयोग गर्नेछ ।

कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको चलचित्र ‘मिरमिरे’ यही शुक्रबारबाट छायांकन हुनेछ । चलचित्रको अधिकांश छायांकन काभ्रेमा हुनेछ ।

यही चलचित्रमार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दै छन् । यमले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रमा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङको पनि अभिनय रहने छ ।

चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रको कथा बारे उनले केही खुलाउन चाहेका छैनन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =