भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा १५ विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको कार्यक्रमअनुसार कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले बताए ।

उनका अनुसार झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उनले १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरूलाई चालु आर्थिक वर्षमा १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, २ वटा प्रिन्टर र ४ वटा सिसिटिभी क्यामेरा वितरण गरिएको जानकारी दिए ।

उनले भने ‘झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरूलाई यो आर्थिक वर्षमा हामीले १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, प्रिन्टर २ वटा र ४ वटा सिसिटिभी क्यामेरा पनि वितरण गरेका छौं । एकहप्ता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भ्रमणको क्रममा केही स्कुल तथा शैक्षिक संस्थालाई वितरण गरेका थियौँ । भने आज माननीय भौतिक मन्त्रीज्यूको उपस्थितिमा थप दुई वटा स्कुललाई वितरण गरेका छौं ।’

झापाको दमकमा वितरण गरिएका शैक्षिक सामग्रीहरू विद्यालयमा पुगेर जडानको क्रममा रहेको उपसचिव आचार्यले बताए । यस वर्ष शैक्षिक सहायता सामग्री वितरण गर्न ३० लाख बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =