क्लासिक टेकको अन्तर्राष्ट्रिय नारी दिवस लक्षित महिला उद्यमी प्याकेजमा ५०% छुट !

काठमाडौँ । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस- २०२५ को अवसरमा उद्यमी महिलाहरूको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ ।
यस अन्तर्गत उद्यमी प्याकेज ६० एम बीपी एस वार्षिक रु १७,९५० को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट रु ८,९७५ उद्यमी प्याकेज १२० एम बीपी एस वार्षिक रु ३४,२२२ को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट रु १७,१११ र उद्यमी प्याकेज २०० एम बिपी एस वार्षिक रु ४६,१९५ को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट रु २३,०९७ रहेको छ ।
उद्यमी महिलालाई लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।
यस अफर प्राप्त गर्नको लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ । उद्यमी प्याकेजमा पब्लिक आईपी, 5GHz डुवल ब्याड राउटर, र अनलिमिटेड एफ यु पी पनि समावेश छ । यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।
साथै तोकिएको बाहेक अन्य शुल्क नलाग्ने जनाइएको छ ।








