९ नौ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
२०८१ फागुन २१ गते

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।
मङ्गलवार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँसत दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








