शिवम् सिमेन्ट ‘Awards for Corporate Excellence-2024’ in Manufacturing Category बाट सम्मानित

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेड ‘Awards for Corporate Excellence-2024’ in Manufacturing Category बाट सम्मानित भएको छ ।
यही मिति २०८१ फागुन १३ गते काठमाडौंमा Corporate Club Nepal Pvt Ltd द्वारा आयोजित The HRM Awards for Corporate Excellence कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमूलक वर्गीकरण कम्पनीहरू मध्येबाट उत्कृष्ट छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो । जस मध्ये शिवम् सिमेन्ट्सलाई ‘Awards for Corporate Excellence-2024’ in Manufacturing Category अवार्डबाट सम्मानित गरिएको हो ।
यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरूमा समेत विभिन्न अवार्डहरूबाट सम्मानित भई सकेको छ ।
- NS Quality Award-2019
- Energy and Environment Efficiency Awards-2019
- Outstanding International Leadership Achievers Award-2023, United Arab Emirates (UAE), Dubai
- Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023, India
- Organization Sales Excellence Award-2023
- Best Managed Company of the Year-2022
५३ ग्रेड तथा ४३ ग्रेडको ओ।पि।सि। सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओ।पि।सि। सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरूका साथै अनेकौँ संरचना निर्माणमा समेत यस सिमेन्टले विगत लामो समय देखि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।








