बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्घाटन

काठमाडौँ । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा.लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुसी बाँड्ने यात्रामा अर्को महत्त्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ ।
सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरू मध्ये एकमा ल्याएको छ । उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडी परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरियो ।
उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत डीन आर। थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रतिष्ठित र रोमाञ्चक बनाएको थियो ।
कम्पनीले बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न प्लेवरहरूको साथ खुसी दिन समर्पित रहेको जनाएको छ । यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराइएका प्लेवरहरू र गुणस्तरीय आइसक्रिमहरूको स्वाद दिँदै अघि बढिरहेको जनाएको छ ।
ग्राहकहरूलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँ शाखा खुलिसकेको छ ।








