‘अध्यक्ष पद भन्दामाथि प्रचण्ड हो, टिम बनाएर नेतृत्व छोड्छु’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरणको बहस उपयुक्त नभएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो लागि अध्यक्ष पद ठूलो नभएको बताए ।

उनले राम्रो टिम बनाएर नयाँ भूमिकामा जान चाहेको बताएका छन् । साथै उनले पार्टीभित्र बहस र छलफल भइरहने तथा यसले पार्टीलाई झन् बलियो बनाउने बताए ।

‘आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन । अध्यक्षभन्दा म माथि भइसके । टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोच बनाएको छु’, अध्यक्ष दाहालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =