परराष्ट्रमन्त्री राणाले सोमबार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने
२०८१ भदौ २ गते

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि सोमबार भेट्ने भएकी छिन्।
परराष्ट्रमन्त्री राणाले सोमबार प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसअघि परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीलाई भेट्ने निश्चित भइसकेको थिएन।
विदेशमन्त्री एस जयशंकरसँग भेटे गरेपछि प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने र दुई देशको हितको बारेमा कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
२०८१ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








