पोर्चुगलको समुन्द्रमा डुबेका टेकबहादुरको शव भेटियो
मकालु खबर
२०८१ वैशाख ६ गते
काठमाडौं । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस)खोज्ने क्रममा करिब दुई साता अघिदेखि समुन्द्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । समुन्द्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।
दुई साता अघि मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको थियो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका थिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुन्द्रमा भेट्टाएको थियो ।
मकालु खबर
२०८१ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित