केन्द्रीय सदस्यबाट हटाइएका ऐन महर पुनः मनोनीत

काठमाडौं । नेकपा एमालेका नेता ऐन महर पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

यसअघि उनलाई केन्द्रीय सदस्यबाट हटाइएको थियो । पार्टीको आज बसेको सचिवालय बैठकले उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

उनले पार्टीमा सक्रिय भएर इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएकाले पुन केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने– ‘विगत बैठकमा पार्टीका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिनु भएको थियो । त्यो राजीनामा स्वीकृत पनि गरेको थियो पार्टीले । पछि उहाँले फेरी सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हुनाले पार्टीको विधानको धारा ६५ अनुसार उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =