विष्णु पौडेलको आरोप- ‘अर्थमन्त्री महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न चाहेन’

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निः वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै पौडेलले निः वर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको आरोप लगाएका हुन् । उनले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गरे ।

उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे । उनले अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको टिप्पणी गरे । पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानुभएको दाबी गरे । उनले अर्थतन्त्र मन्दीमा जानु भनेको अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा पुष्टि गर्ने जानकारी दिए ।

पूर्वअर्थमन्त्री पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाए । उनले मुलुकको अर्थतन्त्रको अवस्था आँकडा सच्याउने भन्दै पनि वर्तमान अवस्था सच्याउनु आवश्यक रहेको बताए । उनले लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको समेत टिप्पणी गरे । उनले बैङ्कहरूमा तरलता सहज हुँदा पनि उद्योगी व्यवसायीहरूले उद्योगमा थप लगानी र नयाँ लगानी गर्न नसकेको बताए ।

उनले बजारमा माग, आपूर्ति, उत्पादन र रोजगारी सरकारले सिर्जना गर्न नसक्दा चौतर्फी रुपमा अर्थतन्त्र समस्यामा आएको बताए । उनले अहिले निजी क्षेत्रले पुँजी परिचालनको लागि अनकुल वातावरण नहुँदा बैङ्कहरूमा तरलता थुप्रिएर बसेको बताए । उनले राजस्वको लक्ष्य पूरा हुन सनेक कुरा स्वयं निः वर्तमान अर्थमन्त्रीले गरेको संशोधन अनुमानमा पुग्न स्वीकार गरेको बताए ।

उनले भने ‘अहिले कुनैपनि उद्योगीहरूले उद्योग थप र स्थापना गर्न चाहँदैनन् ।नयाँ लगानी गर्न चाहँदैनन् । लगानीकर्ता भयवित छ बजार छैन । माग,आपूर्ति,उत्पादन र रोजगारी छैन । चौतर्फी रुपमा अर्थतन्त्र समस्यामा छ । यस्तो अवस्थाले बैंकमा तरलता देखिएको हो। तर पुँजी परिचालनको लागि अनकुल वातावरण हुने थियो भने तरलता बढी हुने अवस्था थिएन । माग र आपूर्तिको जुन किसिमको सन्तुलन हुनुपर्ने हो । त्यो हुन नसक्दा यो स्थिति देखिएको हो । अहिले अर्थतन्त्रका कुनै पनि सूचकहरू सकारात्मक छैनन् । नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा छ । निः वर्तमान अर्थमन्त्री डा।प्रकाशशरण महतले कहिल्यै मान्नुभएन । दुनियाँका अर्थशास्त्रीले भनेका छन् । नेपालका अर्थशास्त्रीहरूले पनि भनिरहेका छन् । तथ्याङ्क र आकडाहरुले पनि भनिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र मन्दीमा छ । दुई आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धिदर ऋणात्मक हुन्छ । त्यस्तो अवस्थालाई आर्थिक मन्दी भनिन्छ । अर्थतन्त्रमा समस्याहरू छन् । संकटको डिलमा छ । तर अर्थमन्त्री महत सूचकहरू सच्याउने काममा लाग्नु भयो । आँकडा सच्याएर हुँदैन । अवस्था सच्याउनुपर्छ । उत्पादन,रोजगारी बढाउने,निर्यात बढाएर रोजगारी सिर्जना गर्ने हिसाबले जानुपर्ने हो तर फर्जी आँकडा प्रस्तुत गरेर कसैले पत्याउँदैन ।’

उनले मन्दीमा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार अर्थमन्त्रीले तत्काल समाधान गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई साथमा लिएर जायज मागलाई सम्बोधन गरी मनोबल उकास्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =