यो सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नवगठित सरकारलाई जनपक्षीय काममा लाग्न शुभकामना दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बर्तौलाले वर्तमान सरकारलाई शुभकामना दिँदै देश र जनताका पक्षमा काम गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘यो सरकारले विकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =