तेक्वान्दो खेलाडीलाई खेलकुद मन्त्रालयको जिम्मा
२०८० फागुन २३ गते

नवनियुक्त मन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। बुधवार युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले पदभार सम्हालेका हुन् ।
उनी तेक्वान्दो खेलाडी समेत हुन्। विराजभक्त अहिले पनि बागमति तेक्वान्दो संघको उपाध्यक्ष छन्।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएसँगै उनले जिम्मेवारी सम्हालेका हुन्।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








