अमेरिका भ्रमणको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सहयोग माग्ने हुनेछ : माओवादी (भिडिओ)
शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुको विकल्प छैन

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुको विकल्प नरहेको बताएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कुरामा विदेशी निकायहरूको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए ।
उनले शान्ति प्रक्रिया एक हिसाबमा सफल भइसके पनि निष्कर्षमा पु¥याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौ भनेर विश्व समुदायलाई अपिल गर्नुहुने काम मुख्य प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पु¥याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । उनले खास गरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरूसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताए ।
उनी भन्छन्, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चार चोटिसम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानुनले निश्चित गर्न मात्रै बाँकी हो की त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया सुरु भइसकेपछि चार वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरू काम भइसके । तर पनि यसलाई निष्कर्षमा पु¥याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न विभिन्न खेलहरू भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन् । यसलाई निष्कर्षमा पु¥याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनु पर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्त्वपूर्ण भूमिका हुन्छ । यस कारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिबद्धता जनाउनु हुनेछ, दोस्रो विश्व समुदायलाई हामीले मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौ भनेर विश्व समुदायलाई अपिल गर्नुहुनेछ । यसको निष्कर्षमा पु¥याउन र टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईँहरूको सहयोग चाहिन्छ भनेर अपिल गर्नुहुनेछ । शान्ति प्रक्रिया टुंगोमा पु¥आउनु त साझा समस्या, राष्ट्रिय समस्या हो नि । कुनै पार्टी र सरकार विशेषको, नेता विशेषको होइन । यो त ६२ देखि ८० १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पु¥याउन नसक्नु राष्ट्रिय रूपमा कमजोरी हो । त्यसैले यसलाई हर हालतमा टुंग्याउनु पर्छ भनेर यसलाई १ नम्बरमा राखेर गरेका छौँ । प्रधानमन्त्रीज्युले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ । खास गरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरूसँग सहमति गरेर जाने कोसिस भइरहको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुको विकल्प छैन ।’
माओवादीले सरकारले थालेका भ्रष्टाचारविरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरू टुंगोमा पु¥याउन दबाब दिएको छ ।










