पार्टीमा नयाँ विभागहरू थप्न महामन्त्री थापाको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा नयाँ विभागहरू थप्ने प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसमा अहिले ४८ वटा विभाग छन् । थापाले सांगठनिक प्रस्ताव पेस गर्दै अब २२ वटा विभाग थप्नुपर्ने प्रस्ताव बैठकमा गरेका हुन् ।

११ महिनापछि बसेको बैठकमा महामन्त्री थापाले आगामी भदौ १५ गतेसम्म विभागहरू बनाइसक्नुपर्ने र मसान्तभित्र कार्यसमितिमा प्रस्तुत गर्ने प्रस्ताव गरेका हुन् ।

वर्षभरीको गतिविधिको केन्द्रीय कार्यसमितिले विभागको अनुगमन गर्ने प्रस्ताव पनि अघि सार्दै थापाले भने, ‘पार्टीको विधानमा व्यवस्था भएको विभागमा केही नयाँ विभागहरू थप्ने प्रस्ताव गर्छौँ । भदौ १५ गतेसम्म सबै विभागहरू बनाइसक्ने र भदौ मसान्तसम्म कार्यसमितिमा प्रस्तुत गर्ने प्रस्ताव गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =