इनारमा खसेको मोटर निकाल्न खोज्दा २ युवकको मृत्यु
२०८० असार ११ गते

फाइल फाेटाे
काठमाडौँ । काठमाडौँमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ । बिहान भोटेबहालमा दुई युवक इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
परिसर प्रवक्ता एसएसपी सीताराम रिजालका अनुसार डुबेर झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको हो । नजिकैको घरमा रङ लगाउन पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि निकाल्न खोज्दा उनीहरूको मृत्यु भएको अनुमान छ ।
प्रहरीकाअनुसार मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए । दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको हो । रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि घटना बाहिर आएको हो ।
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








