राज्यमन्त्री उमेश श्रेष्ठको प्रतिबद्धता : विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुँचमा लैजान्छु

चितवन । नेपाल सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुँचमा लैजाने बताएका छन् । शुक्रबार इच्छाकामना गाउंँपालिका विकट ठाउंँहरुमा मतदाता भेटघाट गर्ने क्रममा उनले शिक्षा र स्वास्थ्यको पहुँचबिना उनीहरूको जीवनस्तर उकास्न नसकिने बताए ।

इच्छाकामनामा अन्य ठाउँका हिसाबले पछाडि परेकाले आफूले निर्वाचन जितेपछि यहाँ विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उनले बताए । ‘मैले शिक्षा क्षेत्रमा हजारौँ विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यलाई पहुँचमा लैजान्छु’ उनले भने ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य रोजगारीबाटै गरिब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउँदै उनले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताए । शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भइसकेको बताउँदै उनले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन उनले आग्रह गरे । ‘हिजोका नेताले यहाँ के गरे मूल्याङ्कन गर्नुस् । मैले के गरे त्यो पनि तपाईँहरूले देख्नु भएकै छ । म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुँ’ श्रेष्ठले भने । यहांँको युवा महिला, वृद्धवृद्धाले दुःख पाएकोले यहांँको लागि युवा महिला लक्षित विशेष कार्यक्रम ल्याइने उनको भनाइ थियो ।

‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी, बालबालिका र वृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ’ श्रेष्ठले भने । शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठुलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उनले बताए ।

‘अब यस्ता ठाउँमा कृषिको प्रवर्द्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौती र आवश्यकता हो र मेरो प्राथमिकता पनि हो’ उनले भने । आफू विपन्न गरिबको सेवा गर्न पाउँदा खुसी हुने भन्दै यो अवसर दिन उनले आग्रह गरे । भेटघाटका क्रममा इच्छाकामनाको गरिब, विपन्न र चेपाङ समुदायले आफ्नो गाँस बास कपासको लागि सहज गरिदिन श्रेष्ठलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =