चितवन–३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई सघाउने
२०७९ असोज २६ गते

काेइराला र न्याैपाने
चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएको हो ।
अब एमालेले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसबाट बागी बनेर उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले भने उक्त उम्मेदवारी फिर्ताको निर्णय गर्न बाँकी छ ।
स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले मंगलबार बालकोट नै पुगेर एमाले अध्यक्षलाई भेटेपछि यस्तो फेरबदल आएको बुझिएको छ ।
तर, एमालेबाट उम्मेदवार बनेका न्यौपाने पनि यो निर्णयबाट असन्तुष्ट रहेको बताइएको छ ।
सत्ता गठबन्धनले भने नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीलाई चितनव ३ बाट उठाएको छ ।
२०७९ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित










