बागी उम्मेदवारी बुधबार दिउँसाे १ बजेभित्र फिर्ता लिन गठबन्धनको निर्देशन

काठमाडौँ । सत्तारुढ गठबन्धन दलले आगामी निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई बुधबार दिउँसाे १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकाअध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्तिमार्फत बागी उम्मेदवारीलाई यस्तो निर्देशन दिएका हुन् ।

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

बुधबार दिउँसाे १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निश्काशन गर्ने चेतावनीसमेत विज्ञप्तीमा दिइएको छ।

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =